कोरोना जितेर घर फर्कनुभयो प्रसिद्धि,फुलमाला सहित बिदाइ


काठमाडौं,६ वैशाख । टेकुस्थित सहिद शुक्रराज सरुवा रोग अस्पतालबाट  प्रसिदि श्रेष्ठले कोरोनालाइ जितेर  आज डिस्चार्ज हुनुभएको छ।उहाँलाई फुलमाला सहित अस्पतालबाट बिदाइ गरियो।  उहाँ २७ औं दिनमा घर फर्कनुभएको हो। उहाको चार पटक सम्म पोजेटिभ रिपोर्ट थियो। पछिल्लो २ पटकको रिपोर्ट नेगेटिभ आयको थियो। 

अस्पताल प्रबक्ता तथा सरुवा रोग विशेषज्ञ डा अनुप बस्तोलाले कोरोना जित्नुभएकी श्रेष्ठलाई फुलमाला सहित बिदाइ गर्नुभयो।

यो पनि पढ्नुहोस

दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किइन्

६ वैशाख, काठमाडौं । नेपालकी दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किएकी छन् ।

चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको उनी शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन् । उनले आफू पूर्ण निको भएर फर्किएको सञ्चार माध्यमलाई प्रतिक्रिया दिएकी छन् ।

आफ्नो उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले राम्रो सहयोग गरेको पनि उनले बताएकी छन् । काठमाडौं घर भएकी ती युवती चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् ।

फ्रान्सदेखि  कतारसम्म सँगै जहाजमा आएको भियतनामको साथीमा कोरोना  सं‌क्रमण पुष्टि भएपछि उनी स्वास्थ्य जाँचका लागि चैत ९ गते टेकु अस्पताल पुगेकी थिइन् । त्यहाँ नमुना जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनी आएको कतार एयरवेजको क्यू आर ६५२ को जहाजमा नेपाल आएका बागलुङका अरु दुई जना नेपालीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु धौलागिरि अस्पतालमा उपचाररत छन् ।

गत माघ ९ गते नेपालमा पहिलो कोरोना संक्रमित भेटिएका थिए । उनी पनि ठीक भएर घर फर्किसकेका छन् । नेपालमा अहिलेसम्म देखिएका ३० जना कोरोना संक्रमितमध्ये दुई जना निको भएर घर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published.

Back to top button