यी हुन् उदयपुरकाे भुल्के मस्जिदमा लुकेर बसेका काेराेना संक्रमित भारतीय नागरिक


काठमाडौं । शुक्रबार कोरोना संक्रमण देखिएपछि उदयपुरको भुल्के मस्जिदमा बस्दै आएका १२ जनालाई विराटनगर ल्याइएको छ । संक्रमितहरू २१ वर्षीय अनम ज़ैदी, दिल्ली, ४० वर्षीय मौ. सनउल्ला, दिल्ली, ३१ वर्षीय मौ. रिजवान, दिल्ली, २२ वर्षीय सनमान खान, उत्तर दिल्ली, २८ वर्षीय राशिक राउंड, दिल्ली, २५ वर्षीय मोहामिन्स, साउथ दिल्ली, २१ वर्षीय मौ. आसिफ, उत्तर दिल्ली, २८ वर्षीय सुदेव अहमत, बिजौर, २६ वर्षीय अहमत सइद, दक्षिण दिल्ली, २६ वर्षीय मौ. अबुबकर, दिल्ली, २८ वर्षीय मौ. जावैद, उतर प्रदेश र २५ वर्षीय आदिम अनवर, जामियनगर रहेका छन् ।

उनीहरू उदयपुरको भुल्के मस्जिदमा भेटिएका थिए । कोरोना भाइरस संक्रमित भएको पुष्टि भएपछि १२ जनालाई उपचार र रेखदेख गर्ने गरि कोरोना संक्रमितकै उपचार गर्न भनेर विराटनगरमा बनाइएको कोभिड १९ उपचार केन्द्रमा राखिएको छ ।

जनरल वार्ड, आईसीयु, भेन्टिलेटर कुन आवश्यक पर्ने हो त्यहीअनुसार उपचार हुने जनाइएको छ । संक्रमितको अवस्था कस्तो छ र कुन चरणबाट उपचार थालिने भन्ने उनीहरू आएपछि हुने थप परीक्षणबाट थाहा हुने चिकित्सकको भनाइ छ । प्रदेश सरकारले कोरोना अस्पताल उपचार केन्द्र सञ्चालनको जिम्मेवारी कोसी अस्पताललाई दिएको छ । Source:purbelinews

Leave a Reply

Your email address will not be published.

Back to top button