कोरोना त्रासः बाटोमा पैसा छर्ने महिला फरार, प्रहरीद्वारा खोजी जारी

काठमाडौं- प्रहरीले जनकपुरमा बाटोमा पैसा फ्याँकेर भाग्ने दुई जना महिलाको खोजी जारी राखेको छ ।
उनीहरुको तस्वीर सीसीटीभीमा देखिएकाे जनाउँदै प्रहरीले खोजी कार्यलाई तीव्रता दिएको छ । जनकपुरधाम–४ महावीरचोक सडकमा नेपाली रूपैयाँ छररे फरार रहेका २ जना सीसीटीभीमा देखिएका हुन् ।
उनीहरुको तस्बिर प्रहरीले सार्वजनिक गरेको छ । सीसीटीभीमा कालो रंगको कपडा लगाएकी एक महिलाले मुख छोपेकी छिन् भने अर्की पहेंलो कपडा लगाउने महिलाको अनुहार देखिएको प्रहरीले जनाएको छ ।
अन्दाजी ४०-४५ वर्षका रहेको ती महिलाले दिउँसो साढे १२ बजे रूपैयाँ छररे भागेका हुन् । बरामद गरिएको उक्त रूपैयाँ कोरोनाभाइरस सङ्क्रमणसम्बन्धी शङकास्पद भएकाले परीक्षणको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको जनाएको छ । पैसा छरिएको एरियामा सेनिटाइजर छरिएको प्रहरीले जनाएको छ । Source:KhabarHub