ईमेज टेलिभिजनकी प्रस्तोता गृष्मा राजभण्डारीमाथि कार्यालयमै कु’टपिट, त्रिवि शिक्षण अस्पताल भ’र्ना


काठमाडौं, ईमेज टेलिभिजनकी समाचार प्रस्तोता प्रमुख गृष्मा राजभण्डारीमाथि का’र्यालयमै कु’टपिट भएको छ। शुक्रबार दिउँसो का’मकै विषयमा वि’वाद हुँदा राजभण्डारीमाथि अ’र्का प्रस्तोता सुसन रामदामले कु’टपिट गरेका हुन् । ईमेज टेलिभिजनका प्रमुख कार्यकारी लक्ष्मण हुमागाईका अनुसार कु’टपिट गर्ने सुसनलाई प्रहरीले नि’यन्त्रणमा लिएको छ। घ’टनापछि सुसनलाई प्रहरी बो’लाएर आवश्यक का’रबाहीका लागि पठाएको हुमागाईले बताए। घा’इते गृष्मालाई त्रिवि शिक्षण अस्पताल भ’र्ना गरिएको छ।

काम गर्न लगाएको विषयलाई लिएर आ’फूमाथी कु’र्सी प्र’हार भएको गृष्माले प्रहरीलाई बताएकी छन् । थप अ’नुसन्धानका लागि ईमेज टेलिभिजनमा प्रहरी टो’ली पठाइएको महाराजगन्ज प्रहरी वृ’त्तले जनाएको छ ।

यो पनि पढ्नुहोस

कुवेतमा थप ४ नेपाली कोरोना संक्रमित

कुवेत । कुवेतमा शुक्रबार थप ४ जना नेपालीमा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण देखिएको छ । योसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या १९ पुगेको छ ।कुवेतको स्वास्थ्यले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार अनुसार ४ नेपालीसहित १ सय ३४ जना नयाँ संक्रामित फेला परेका हुन् । योसँगै कुवेतमा कोरोना संक्रमित विरामीको संख्या १६ सय ५८ पुगेको छ ।तीमध्ये ५ जनाको ज्यान गएको छ, भने २ सय ५८ जना उपचारपछि पूर्णरुपमा निको भएका छन् । त्यस्तै ३२ जनाको गम्भिर अवस्थामा उपचार भैरहेको छ ।

यसैबीच कुवेतमा रहेका विदेशी नागरिकका लागि तीन महिनाको भिसा स्वत: थपिने भएको छ । मार्च १ देखि ३१ मेसम्मका लागि कुवेतको आवासीय भिसा स्वत: थप हुने कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ ।यो नियम कुवेतमा रहेका तथा आवासीय भिसा सकिएका सबैमा र प्रवेश भिसामा कुवेत गएर कुवेतको आवासीय भिसा सकिएकाको हकमा पनि लागू हुनेछ ।

Leave a Reply

Your email address will not be published.

Back to top button