अमेरिकाको भर्जिनियामा एक नेपालीको निधन


भर्जिनिया । अमेरिकाको भर्जिनियामा एक नेपालीको नि धन भएको छ। फेनी मे नामक प्रतिष्ठानमा कार्यरत सुनिल श्रेष्ठको रेस्टन शहरस्थित अपार्टमेन्टमा नि धन भएको हो। अपार्टमेन्टमै मृ त अवस्थामा फेला परेका उनको मृ त्युको कारण थाहा हुन सकेको छैन। उनका कार्यालय सहयोगीका अनुसार उनी आफ्नो कार्यालयको नियमित बैठकमा २ दिन अगाडि सम्म सहभागी भइरहेका थिए।

स्वर्गीय श्रेष्ठलाई भाइ मान्ने छिमेकी भारतीय महिला क्रिस्टेन धिङ्गले गत सोमबार आफ्नो घरमा स्वर्गीय श्रेष्ठ आएको जानकारी दिइन्। उनका अनुसार २ दिन अगाडि विहान आयोजित वैठकमा सहभागी भएका श्रेष्ठ मध्यान्ह आयोजना गरिएको वैठकमा सहभागी नभएपछि उनको खोजी सुरु भएको थियो।आफैं आयोजना गरेको वैठकमा अनुपस्थित भएपछि उनलाई कर्मचारीहरु र उनका भारतीय साथीहरुले खोजी सुरु गरेका थिए।

पतिसंग सम्पर्क हुन नसकेपछि नेपालमा रहेकी पत्नीले छिमेकी क्रिश्टेनलाई गुहारेकी थिइन। क्रिश्टेन र उनका पतिले पटक पटक घण्टी वजाउंदा पनि ढोका नखुलेपछि खबर गरेर प्रहरी वोलाइएको थियो। प्रहरीले सुनिलको श व अपार्टमेन्ट भित्रै ढलेको अवस्थामा भेटाएको थियो।स्व. श्रेष्ठको नेपालमा ७ महिनाकी छोरी र ५ बर्ष मुनिको एक छोरा रहेका छन्।

उनका नजिकका नातेदार तथा आफन्तले नेपाली दुताबास पनि सम्पर्क गरेका छन्। नि धन भएका श्रेष्ठ खेलाडी समेत रहेको इनेप्लिजले उल्लेख गरेको छ।

Leave a Reply

Your email address will not be published.

Back to top button