वडाध्यक्षले पुलमा बार लगाएका कारण हिँडेर घर जान लागेका युवाको लडेर मृत्यु


धादिङमा लकडाउन कडा पार्ने भन्दै पुलमा बार लगाएपछि चितवनबाट हिँडेर आफ्नै घर जान लागेका एकजनाको लडेर मृत्यु भएको छ ।गोरखा र धादिङ्ग जोड्ने बुङ्कोटघाटको पुलबाट लडेर ज्वालामुखि गाउँपालिका ५ बाँझाघरका होम बहादुर रानामगरको मृत्यु भएको हो । सो पुलमा वडाध्यक्ष कृष्ण प्रसाद काप्रीले तारबार गरेर हिँड्न नमिल्ने बनाएका थिए ।मृतक मगर आफ्नो घरतर्फ जान लागेको बेला बार नाघ्न खोज्दा लडेर मृत्यु भएको प्रहरीले बताएकाे छ । 

रोजगारीका लागि चितवनमा रहेका युवा बुधबार आफ्नो घर फर्कँदै थिए । परिवारसहित चितवनमा बस्दै आएका उनका परिवार  लकडाउन अघिनै  गाउँ फर्किए पनि उनि भने केहि दिनमा लकडाउन खुल्ने आशामा चितवनमै बसेका थिए । तर लामो समयसम्म लकडाउन जारी रहेपछि उनि गाउँ फर्किएको परिवार स्रोतले बताएको छ ।मृतकले बुधबार राति आफू घर आईरहेको जानकारी परिवारलाई समेत गराएका थिए ।

मृतक रानाले परिवारलाई आफूलाई लिन आउन भनेपछि परिवार उनलाई लिन बुधबार राति करिव ११ बजेतिर बुंकोटघाट पुगेको थियो तर पुल वरपर खोज्दा कतै फेला नपारेपछि र फोन पनि पनि नलागेपछि फर्किएका थिए । बिहिबार बिहान पुनः खोज्न जाँदा पुल मुनि मृत अवस्थामा रानाको शव फेला पारिएको हो । बागमती प्रदेश र गण्डकी प्रदेशको सिमाना समेत रहेको बुढीगण्डकीस्थित बुंकोटघाट पुलमा लकडाउन कडा पार्ने भन्दै छेकबार लगाइएको थियो ।

छेकबार लगाउने काममा वडाध्यक्ष काप्रीको समेत सहभागी थियो । उनको मृत्युपछि रूख काटेर बाटो छेकेको तथा पुलमा छेकबार गरिएको भन्दै स्थानीयले बिरोध गरेका छन् । त्यसरी छेकबार गर्दा तथा बाटोमा अवरोध गर्दा अत्यावश्यक एम्बुलेन्स सेवा समेत प्रभावित हुनसक्ने भन्दै आलोचना गरिएको छ । सडक तथा पुलमा भाँजो हालेर समस्याको समाधान नहुने भन्दै त्यसलाई हटाउन आग्रह गरिएको छ Source:aajakoartha

Leave a Reply

Your email address will not be published.

Back to top button