भारतीय भूमिमा आमा सम्झिदै यसरी का’जक्रिया गर्दैछन् बासुदेव भट्ट


काठमान्डौ , को’रोना भाइरसका कारण आफ्नै घरमा बिगत २० दिनदेखि आउन नपाएका एक हजारभन्दा बढी सुदूरपश्चिमका नेपालीहरूको भारतीय सीमामा बि’जोग हुन थालेको छ। क्वारेन्टाइनको राम्रो सुविधा नहुँदा र खाना र बस्न गाह्रो पर्दै गइरहेको बेला बुधबार दार्चुला शैलेशिखरका बासुदेव भट्टले आमा गु’माएका छन्। नयाँ वर्षमा समेत घर आउन नपाएका उनी आमाको का’जक्रियामा घर आउन नपाएकोमा निकै दुःखी छन्।

भारतको बरुवाकोट क्याम्पमा सेतो लुगा लगाएर बसेका बासुदेवलाई का’जक्रियाका लागि साथीभाईले छुट्टै बस्ने व्यवस्था मिलाएका छन्।उनी हिन्दु परम्पराअनुसार दैनिक का’जक्रियाको काम गरिरहेका छन्। उनको चो’खोनिधोको कामका लागि क्वारेन्टाइनमै बसेका अन्य नेपाली दाजुभाईले सहयोग गरिहेका छन्। बासुदेवले बिहीबार बरुवाकोट क्याम्पभन्दा बाहिर खुला स्थानमा खाना पकाएका थिए ।

आमाको नि’धनको खबर सुनेपछि क्याम्पमा भएका नेपालीहरूले उनलाई नेपाल भि’त्र्याउन स्थानीय सरकार तथा सिडियाहरूलाई नि’वेदन गरेका थिए। तर, कतैबाट कुनै सु’नुवाई नभएपछि शरणार्थीको रूपमा नेपाल सीमा नजिकै भारतीय भूमिमा आमाको का’जक्रिया गर्न वि’वश भएका छन्।Source:esidhakura

Leave a Reply

Your email address will not be published.

Back to top button