कोरोना संक्रमित बाग्लुङकी अंशु सापकोटा डिस्चार्जको तयारीमा !


काठमाडौं, वैशाख ४ । नेपालकी पाचौं कोरोना भाइरसकी संक्रमित बाग्लुङकी अंशु सापकोटा डिस्चार्जको तयारीमा रहेकी छिन् । बाग्लुङकी ती किशोरी ४ चैत्रमा काठमाडौं उत्रिएको कतार एयरवेजको क्युआर ६५२ नम्बरको विमानमा नेपाल आएकी थिइन् । धौलागिरी अञ्चल अस्पतालमा उपचाररत १९ वर्षीया किशोरीको १५ चैत्रमा संक्रमण पत्ता लागेसँगै उनको उपचार जारी राखिएको र उनमा उच्च मनोवल भएको र ३ पटकको कोरोना टेष्टको नतिजा नेगेटिभ आएपछि उनको अन्तिम परीक्षणबाट पनि नेगेटिभ नतिजा आएपछि आएपछि डिस्चार्ज गर्ने अस्पतालको तयारी छ ।

अंशु नेपाल आएको सोही विमानमा यात्रा गरेका उनीसहित तीनजना महिलाहरुलाई संक्रमण भेटिएपछि देशभरका विभिन्न स्थानमा कोरोना टेस्टलाई द्रुत गतिमा अगाडी बढाइएको छ ।कोरोना संक्रमण पत्ता लागेको छैठौं संक्रमित बाग्लुङकी ६५ वर्षीया महिला हुन् र उनको धौलागिरी अस्पतालमा उपचार भइरहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १६ रहेको छ । हाल टेकु अस्पतालमा २ जना, पाटन अस्पतालमा २ जना, धौलागिरी अस्पतालमा २ जना, धनगढीको सेती अस्पतालमा ५ जना तथा वीरगन्‍जको नारायणी अस्पतालमा ४ जना उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्‍न ठाउँबाट आरडीटी विधिबाट कोरोना पोजिटिभ देखिएकोलाई पीसिआर विधिबाट परीक्षण गर्दा नेगेटिभ देखिएको मन्त्रालयले जनाएको छ । नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बिहीबार कुनै संक्रमित नभेटिएको जनाएका हुन् ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १६ रहेको छ । हाल टेकु अस्पतालमा २ जना, पाटन अस्पतालमा २ जना, धौलागिरी अस्पतालमा २ जना, धनगढीको सेती अस्पतालमा ५ जना तथा वीरगन्‍जको नारायणी अस्पतालमा ४ जना उपचाररत छन् । बिहीबारसम्‍म देशभर आरडीटी विधिबाट हालसम्‍म १२ हजार १ सय ९२ परीक्षण भएका छन् भने पीसीआर विधिबाट ७ हजार २ सय ४० नमुना परीक्षण भएका छन् । हालसम्म दुवै आरडीटी र पीसीआर विधिबाट १९ हजार ४ सय ३२ वटा परीक्षणहरु भएका छन् ।Source:osnepal

Leave a Reply

Your email address will not be published.

Back to top button