हिड्दा हिड्दै खुट्टा पाक्यो, पैदल यात्रीलाई पानी समेत दिदैन ! भोक भोकै सुत्न बाध्य (भिडियो सहित)


चैत ११ गतेदेखि सरकारले ल,कडाउन घो,षणा गरेपछि धेरै मानिस आफू कार्यरत स्थानमै रोकिए । सबैभन्दा धेरै संघीय राजधानी काठमाडौंमा लकडाउनका का,रण धेरै मजदुर अ,लपत्र परे । दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गरिरहेका मजदुरहरु अहिले खाद्यान्न जोहो गर्न नसक्दा हिडेरै आफ्नो गाउँ फर्कन बाध्य भएका छन् ।

अहिले दिनहुँजसो काठमाडौं र पूर्वदेखि पश्चिमका मानिसहरु हिडेरै आफ्नो गन्तव्यमा जान थालेका छन् । त्यसरी दुई तीन दिन लगाएर वीपी राजमार्गअन्तर्गत सिन्धुली–खुर्कोट आइपुग्ने मानिसहरुलाई धेरैजसो भोko पेटमा भेटिन्छन् ।

चैत बैशाखको त्यो तातो घाम अनि तातो सडकमा चप्पल घिसार्दै आफ्नो गन्तब्य तिर लम्किनेको अहिले भिड नै हुने गरेको पाइन्छ । हिड्दा हिड्दै थाकेपछी मध्येरातमा सडकमै सुत्ने गरेको पैदल यात्रि हरु बताउछन । हिड्दा हिड्दा आफ्नो खुट्टाहरु सुन्निदै आएपछी लर्खराउदै हिडेको देख्न सकिन्छ ।

बाटोमा केहि सटर खुलेको पाइए पनि उनीहरुले पानि माग्दा समेत नदिने गरेको उनीहरुले गुनासो गरे । काठमाडौँमा खाना नपाएर मर्ने अवस्था देखेपछी आफ्नै गाउ जाने निर्णय गरेको ति मजदुरहरुले बताए ।

सरकारले लक डाउन थप गरेसंगै दिनहु सयौको संख्यामा पैदल हिडेर सिन्धुली–खुर्कोट आइपुग्ने गरेको पाइएको छ ।

बाकी भिडियोमा हेर्नुस :

source:simpleonline

Leave a Reply

Your email address will not be published.

Back to top button