छ महिनाको बच्चामा देखियो कोरोना


केवल ६ महिनाको उमेरमा एरिन बेट्स कोरोना संक्रमित भएकी छन् । एरिन जन्मँदै मुटुको समयसा भएका कारण सानै उमेरमा हृदय शल्यक्रिया गर्नुपर्‍यो । उनले आफ्नो विन्डपाइपमा समस्याहरू पनि सामना गरेकी छिन्, तर अस्पतालमा उपचार गरेको महिनौं पछि उनी निको हुने राम्रो सम्भावना देखिन थालेको थियो ।

तर, उनलाई कोरोना संक्रमण भएको पत्ता लागेको डेली मेलले जनाएको छ ।उनको आमाबाबुको सहमतिमा सार्वजनिक गरिएको उनको एउटा तस्बिरमा उनीहरूको (सीपीएपी) मेसिनमा अक्सिजन आपूर्ति गर्दै, तार, ट्यूब र उपकरणहरूले घेरेको देख्न सकिन्छ । एक मात्र अभिभावक अस्पतालमा बस्न पाउने हुँदा आमा एम्मा बेट्स, लिभरपुलको एल्डर हे चिल्ड्रेन्स अस्पतालमा एरिनसँगै छिन् ।

बेट्स दम्पति एरिन एक दशकको प्रयासपछि स्वाभाविक रूपमा गर्भधारण गरीएको विश्वाश राख्छन् जुन समयमा उनीहरूलाई बच्चा जन्माउन नसक्ने भनिएको थियो । सन् २०१९ को डिसेम्बरमा उनको ओपन हार्ट सजरी गरिएको थियो । जनवरीमा, उनी श्वासप्रश्वाससम्बन्धी भाइरसको शिकार भइन्, जसले बच्चामा ब्रोन्कोइलाइटिस र निमोनिया निम्त्याउँछ र घातक हुन सक्छ ।

त्यसपछि उनको वायुमार्ग, ट्रेकिओमलासिया र ब्रोन्कोमालासियामा असर पर्‍यो । यति धेरै रोगबाट लडिसकेकी आफ्नी छोरीले कोरोना भाइरसविरुद्धको लडाईंमा जित हासिल गर्नेमा उनीहरूको सकारात्मक सोच राखेका छन् । तिनीहरूले एनएचएस डाक्टरहरू र नर्सहरूको प्रशंसा गरेका छन् । छोटो उमेरमै मुटुको सफल शल्यक्रिया भएकाले चिकित्सकले उनलाई मिराकल बेबी भनेर बोलाउने गर्छन् । एरिनलाई संक्रमण भएपछि जनताहरूले अझै लकडाउन नियमहरू पालना नगरेको हुँदा यसले भाइरस फैलिन जारी राख्न सक्ने उनीहरू बताउँछन् । source:purbelinews

Leave a Reply

Your email address will not be published.

Back to top button