एप्पलको सबै भन्दा सस्तो आइफोन एसई सार्वजनिक, यस्ता छन् अन्य फिचर्स


काठमाडौं, ०४ बैशाख । एप्पल कम्पनीको आइफोन सबैको रोजाइमा पर्ने फोन हो । बुधबार मात्रै एप्पलले आफ्नो सबै भन्दा सस्तो आइफोन सार्वजनिक गरेको छ । एप्पलले कम मूल्यको आइफोन एसई (iPhone SE) सार्वजनिक गरेको हो ।

जानकारी अनुसार यस आइफोनको लागि १७ अप्रिलबाट प्रि अर्डर गर्न सकिनेछ, भने २४ अप्रिलबाट यसको शिपिंग सुरु हुनेछ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमणको उच्च जोखिमका बीच कम्पनीले आइफोन एसई (iPhone SE) सार्वजनिक गरेको हो ।

चीनमा आइफोन बनाउने फ्याक्ट्री बन्द भएपनि कम्पनीले अन्तमा सबै भन्दा सस्तो आइफोन सार्वजनिक गरेको बताइएको छ । आइफोन एसई (iPhone SE)को बजार मूल्य ३९९ अमेरिकी डलर तोकिएको छ । यस आइफोन सेट १२८ जीवी र २५६ जीवी स्टोरेज भेरियन्ट्समा सार्वजनिक गरिएको हो ।

आइफोन ८ सँग मिल्दोजुल्दो यस फोनमा ४.७ इन्चको डिस्प्ले टप र बटनमा चौडा बैजल्स दिइएको छ । डिभाइसमा होम बटन पछिल्लो मोडल्सको जस्तै टच आइडीको साथमा दिइएको छ ।न्युज24नेपाल बाट फाइल फोटो

Leave a Reply

Your email address will not be published.

Back to top button