रिसको झोकमा बाबुले छोरालाई सजाय दिन भन्दै बाघ-भालु भएको घना जंगलमा लगेर छाडिदिए, पछि जाँदा छोरा भेटीएनन्


काठमाण्डौ, वैशाख ४ । तपाईले आफ्ना बालबालिकालाई सजाय दिनका लागी कस्ता उपाय अपनाउनुहुन्छ ? कुट्ने पिट्ने, उठबस गराउने भनेका धेरैले अपनानाउने उपायहरु हुन् ।तर जापानका एक अविभावकले आफ्ना वच्चालाई सजाय दिन भन्दै बाघ भालु नै पाइने जंगलमा लगेर आफ्ना वच्चालाई छाडिदिएका छन् ।बाबुले रिसमा जंगलमा छोडेर आधा घण्टा पछि जाँदा बच्चा छोडेका ठाउँमा नभेटिएपछि हराएको बच्चाको लागि खोज्न धेरै मानिस, १८० राहत कर्मी र प्रहरी लगाएपनि भेटिएका छैनन् ।

जापानको यो बच्चाको घरमा सकुशल फर्कियोस् भनेर प्राथना गरीरहेको अन्तराष्ट्रिय मिडियाले पनि उल्लेख गरेको छ । स्रिफर डाग्स र घोडाको मद्दतले घना जंगलमा उनको खाजी कार्य जारी राखिएको बताइएको छ । Source:Osnepal

Leave a Reply

Your email address will not be published.

Back to top button