गर्भवती नर्सको कोरोनाबाट मृ’त्यु, सकुशल जन्मियो बच्चा

४ बैशाख २०७७, बिहीबार काठमान्डौ , को’रोना भाइरसका कारण ज्यान गुमाएकी नर्सबाट सकुशल बच्चा जन्मिएको छ। बिबिसीमा प्रकाशित समाचारका अनुसार मेरी एगुवा एग्योपोङ नाम गरेकी २८ वर्षिया नर्सको मृ’त्यु भएपछि उनीबाट जन्मिएका शिशु ‘एकदमै राम्रो अवस्थामा रहेको’ अस्पतालकी प्रवक्ताले बताएकी छन्। उनले थप जानकारी भने दिन चाहिनन्। मेरी लु’टन एण्ड डनस्टेबल युनिभर्सिटी हस्पिटलमा पाँच वर्षदेखि कार्यरत थिइन्। को’रोनाको संक्रमण देखिएपछी उनलाई अस्पताल भर्ना गरिएको थियो।



मेरीका पतिलाई पनि को’रोनाको संक्रमण रहेको छ र हाल उनी आइसोलेसनमा बसिरहेको बिबिसीले जनाएको छ। नर्सको मृ’त्यु भएपछि उनको परिवारको सहयोगका लागि मेरीका साथीहरूले सहयोग रकमका लागि आव्हान गरेका छन्। उनि अप्रिल ७ मा अस्पताल भर्ना भएकी थिइन ।
There is no any problem for child that is God desire .