काठमाडाैँमा बिहानै माैसम अँध्यारियाे- कतै वर्षा, कतै असिना


काठमाडौँ, ४ वैशाख । आज काठमाडौँ उपत्याकाको मौसम बिहानै बदली भएर वर्षा समेत भइरहेको छ । बूढानिलकण्ठ क्षेत्रमा वर्षाका साथै असिना समेत परेकाे छ ।हाल देशभरि स्थानीय वायुको प्रभाव सँगसँगै पश्विमी वायुको समेत आंशिक प्रभाव परेकोले मौसममा बदलाव आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार हाल देशको पूर्वी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।तर काठमाडौँ उपत्यकाको मौसममा बदलीसँगै हावाहुरी र वर्षा भएको छ ।

आज दिउँसो देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने छ। देशका मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । साथै देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । यसबाट सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।Source:News24nepal

One Comment

Leave a Reply

Your email address will not be published.

Back to top button