अस्पतालले भर्ना लिन नमानेपछि को’रोना संक्रमणका कारण न्यूयोर्कमा एक नेपालीको कोठामै मृ’त्यु


न्यूयोर्क, अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ४४ बर्षिय पवनकुमार मल्लको को’रोना संक्रमणका कारण मृ’त्यु भएको छ । बिगत ३ हप्तादेखी बि’रामी रहेका मल्लको न्यूयोर्क उडसाइडस्थित आफ्नै निवासमा बुधवार बिहान मृत्यु भएको हो ।को’रोना भाइरसका कारण बिरामी परेका प्रकाश भनेर चिनिने पवनकुमार उपचारका लागि केहीदिन पहिले अस्पताल पुगेका थिए, तर अस्पतालले ठाँउ नभएको भन्दै भर्ना लिन नमानेको बताइन्छ । मल्लका एक श्रीमती र दुई छोरी नेपालमा छन् । सन् २०१२ मा अमेरिका आएका मल्लले केही समय पहिले न्यूयोर्कमा ग्रिन क्याब नामक ट्याक्सी चलाउँथे ।

उनि नेपाल प्रहरीको असई थिए ।पवनकुमारको आफ्नो मान्छे बताउने पद्यमा प्रधानले प्रहरीले आवश्यक सु’चना लिएर केही समयपछी मृ’त्युदर्ता लिन आउनु भनेको जानकारी दिएकी छन् । पद्यमाले भनिन्,-‘पवनभाई र मेरो परिवार केही समय अपार्टमेन्ट सेयरिङ गरेर बस्यौं, साहै्र दुखद भयो, भाईको आ’त्माले शान्ति पाओस् ।’हाल सम्म अमेरिकामा सात जना नेपालीको को’रोना भाइरस संक्रमणका कारण मृ’त्यु भईसकेको छ । यहाँ संक्रमितको संख्या समेत २ सय हा’राहारीमा रहेको बताइन्छ ।Source:esidhakura

Leave a Reply

Your email address will not be published.

Back to top button