सोलुखुम्बु केन्द्रबिन्दु बनायर मध्यरातमा भूकम्पको धक्का ।


सोलुखुम्बु – साेलुखुम्बुकाे फेरा केन्द्रबिन्दु भएर मध्यरातमा भूकम्प गएकाे छ । केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हाे ।

गए राति १२ बजेर ५५ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पका कारण क्षति भएकाे वा नभएकाे बारे विस्तृत विवरण आउन बाँकी छ । 

यो पनि पढ्नुहोस

काेभिड १९ : पाँच लाख ९ हजारभन्दा धेरै निकाे भए

काठमाण्डाै – विश्वका विभिन्न देशमा पाँच लाख ९ हजारभन्दा धेरै कोरोना भाइरस (काेभिड १९) सङ्क्रमित निको भएका छन् ।

अहिलेसम्म दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरसकाे सङ्क्रमण फैलिँदा २० लाख ७७ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

जसमध्ये पाँच लाख ९ हजार ७ सय ४१ जना निको भएकाे वल्डाेमिटरले जनाएको छ । १४ लाख ३३ हजारभन्दा धेरै मानिसको उपचार भइरहेकाे छ भने एक लाख ३४ हजारभन्दा धेरैकाे ज्यान गएको छ ।

गएको २४ घण्टामा मात्रै विश्वका विभिन्न देशमा सात हजार सात सयभन्दा धेरैको ज्यान गएको छ । अमेरिकामा मात्रै झण्डै दुई हजार पाँच सय जनाको ज्यान गएको छ । अमेरिकामा अहिलेसम्म कोरोना सङ्क्रमणका कारण २८ हजार पाँच सयभन्दा धेरैकाे ज्यान गएकाे छ भने ६ लाख ४३ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै इटलीमा २१ हजार ६ सयभन्दा धेरै, स्पेनमा १८ हजार सात सयभन्दा धेरै, फ्रान्समा १७ हजारभन्दा धेरैको ज्यान गएको छ । फ्रान्समा गएको २४ घण्टामा एक हजार चार सयभन्दा धेरैको ज्यान गएको छ ।

यस्तै भारतमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या चार सय नाघेको छ भने १२ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । उज्यालोअनलाइन बाट

Leave a Reply

Your email address will not be published.

Back to top button