-यापिड टेष्टमा पोजेटिभ देखिएका युवालाई बोक्न एम्बुलेन्स मानेन, वडाध्यक्षले मोटरसाइकलमा पु-याए


धादिङ, ३ बैशाख । -यापिड टेष्टमा ’पोजेटिभ’ देखिएका युवालाई अस्पताल लैजान एम्बुलेन्स चालकले नमाने पछि वडाध्यक्षले मोटरसाइकलमा राखेर मध्यरात सदरमुकामको आइसोलेसन वार्ड पु-याएका छन् ।

धादिङको ज्वालामुखी गाउँपालिका ३ का २७ वर्षीय युवामा -यापिड टेष्ट गर्दा पोजेटिभ देखिएपछि युवालाई अस्पताल लैजान एम्बुलेन्स चालकले नमाने पछि वडाध्यक्षले मोटरसाइकलमा राखेर मध्यरात सदरमुकामको आइसोलेसन वार्ड पुर्याएका हुन् ।

उनलाई थप परीक्षणका लागि जिल्ला सदरमुकाम धादिङ वेशीस्थित आइसोलेसन वार्ड र्पुयाउन एम्बुलेन्स तयार नभए पछि वडाध्यक्षले मोटरसाइकलमा राखेर मध्यरात सदरमुकामको आइसोलेसन वार्ड पुर्याएका हुन् ।

बिरामी बोक्न ज्वालामुखी गाउँपालिकामा २ वटा सरकारी र २ वटा संस्थागत गरी ४ वटा एम्बुलेन्स भए पनि कुनै तयार नभएको स्थानीयको गुनासो छ ।

ज्वालामुखी गाउँपालिका वडा नं ३ का अध्यक्ष रुद्रमान श्रेष्ठले जिल्लाका अरु एम्बुलेन्सलाई पनि खबर गरेको तर कुनै एम्बुलेन्स नआएको बताए ।

बिरामी लिन पटक पटक सम्पर्क गर्दा पनि विभिन्न बहाना गर्दै पञ्छने गरको यस्तो अवस्थामामा पनि एम्बुलेन्स प्रयोग हुन नसक्नु अति गैह जिम्मेवारी कार्य भएको अध्यक्ष श्रेष्ठको गुनासो छ ।

जिल्लामा उक्त युवाको पीसीआर परीक्षण विधिबाट परीक्षा गरिनेछ र उनको स्वाब पीसीआर परीक्षणका हेटौंडा पठाउने तयारी भईरहेको जिल्ला अस्पताल धादिङका व्यवस्थापन समिति अध्यक्ष महेन्द्र धमलाको भनाइ छ । Source:news24nepal

Leave a Reply

Your email address will not be published.

Back to top button