घाँस काट्न जाँदा सेती नदीले बगाउँदा एकको ज्यान गयो, एक घाइते


तनहुँ, ०२ बैशाख । तनहुँमा सेती नदीले बगाउँदा एक महिलाको ज्यान गएको छ । घाँस काट्न जाँने क्रममा भिमाद नगरपालिका ५ ऋषिङपाटनकी ४४ वर्षीया पञ्चमाया गुरुङलाई नदीले बगाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

गुरुङको उद्दार गरी उपचारका लागि जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा ल्याइएको थियो, तर चिकित्सले गुरुङलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

उनीसँगै घाँस काट्न गएका छिमेकी ५५ वर्षीय खड्कसिंह गुरुङलाई पनि प्रहरीले सफल उद्दार गरेको छ । उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ । उनी खतरामुक्त भएको प्रहरीले जनाएको छ Source:news24nepal

Leave a Reply

Your email address will not be published.

Back to top button