रौतहटका संक्रमित युवा भारतको नयाँ दिल्लीबाट फर्किएका हुन् : मेयर अजय गुप्ता


रौतहट, १ बैशाख । रौतहटको एक क्वारेन्टाइनमा कोरोना संक्रमण पोजेटिभ पाइएका युवा भारतबाट फर्किएको पुष्टि भएको छ ।रौतटहटको इशनाथ नगरपालिकाको श्री जनता मावि औरेयाको क्वारेन्टाइनमा रहको ती १९ बर्षीय युवक मोतिपुरका वासिन्दा हुन् ।इशानाथा नगरपालिकाका मेयर अजय गुप्ताका अनुसार इशानाथ नगरपालिका वडा नम्बर ५ का वासिन्दा भएको र उनी भारतको नयाँदिल्लीबाट फर्किएका युवक भएको जानकारी न्यूज २४ लाई दिनुभयो ।

उनलाई नयाँ दिल्लीबाट फर्किए लगत्तै क्वारेन्टाइनमा राखिएको र शंका लागेर उनको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइदा पोजेटिभ भेटिएको पनि मेयर गुप्ताले बताउनुभयो ।संक्रमित युवालाई उपचारको लागि कहाँ पठाउने बारेमा छलफल भइरहेको र यस्को टुंगो आजै लगाइने पनि मेयर गुप्ताले न्यूज २४ लाई बताउनुभयो ।source:news24nepal

Leave a Reply

Your email address will not be published.

Back to top button