कोशी तटबन्ध क्षेत्रमा एक युवकको शव फेला


राजविराज, १ बैशाख । सोमवार विहान सप्तरीको भारदहस्थित कोशी तटबन्ध क्षेत्रमा एक युवकको शव फेला परेको छ ।हनुमाननगर कंकालिनी नगरपालिका वडा नं। १ अन्तर्गत पर्ने कोशीको पश्चिमी तटबन्धमा शव भेटिएको प्रहरीले जनाएको छ । शव कसको हो भने हाल सम्म पहिचान हुन सकेको छैन ।शवको प्रकृति हेर्दा हत्या गरेर फालेको हुनसक्ने प्रहरीको जनाएको छ । युवकको मुखमा चोट देखिएकोले थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो ।

तटबन्धमा रगतका छिटा समेत देखिएकोले अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर मगाइएको डिएसपी मिश्रले बताउनुभयो । हाल घटना स्थललाई निषेधित गरेर प्रहरीले विषेश टोली मार्फत अनुसन्धान थालेको छ ।Source:news24nepal

Leave a Reply

Your email address will not be published.

Back to top button