कोरोना संक्रमणका कारण भारतमा २४ घण्टामै ३४ को ज्यान गयो


काठमाडौं, ३० चैत । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण छिमेकी राष्ट्र भारतमा ज्यान गुमाउनेको संख्या २७३ पुगेको छ । त्यस्तै, संक्रमितको संख्या ८ हजार ३ सय ५६ जना पुगेका छन् ।यसैबीच यो समाचार तयार पार्दासम्म ७ सय १६ जना निको भइसकेका छन् । हिजो र आज गरी जम्मा ७४ जना कोरोना संक्रमितहरु निको भएका भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । त्यस्तै, २४ घण्टामा ३४ जनाको ज्यान गएको उल्लेख गरिएको छ ।

यसै सन्दर्भमा नेपालमा पनि आज तीन जना कोरोना संक्रमित थपिएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १२ पुगेको छ, जसमध्ये १ जना निको भएर घर फर्किसकेका छन्, भने ११ जना उपचाररत छन् ।वल्र्डोमिटर्सका अनुसार हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ लाख ९ हजार ७ सय ८२ पुगेको छ । संक्रमितको संख्या १७ लाख ९२ हजार ७ सय ३२ पुगेको छ । यसैबीच चार लाख ११ हजार ५ सय १५ निको भएका छन् । Source:news24nepal

Leave a Reply

Your email address will not be published.

Back to top button