कोरोना : चीनमा थप ९९ जना नयाँ सङ्क्रमित थपिए


काठमाण्डौ – चीनमा कोरोना भाइरसका (कोभिड १९) का ९९ जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो एक हप्तामा एकैदिन सङ्क्रमित भएकामध्ये यो सङ्ख्या सबैभन्दा धेरै हो । स्वास्थ्य अधिकारीहरुका अनुसार चीनमा योसँगै कोरोना भाइरसबाट ८२ हजार ५२ जना सङ्क्रमति भएका छन् ।चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार शनिबारसम्म सङ्क्रमतिमध्ये एक हजार दुई सय ८० सङ्क्रमित बाहिरबाट आएका व्यक्ति थिए ।

यीमध्ये चार सय ८१ जना उपचारपछि निको भएका छन् भने सात सय ९९ जनाको उपचार भइरहेको छ । त्यस्तै ३६ जनाको अवस्था गम्भीर छ । शनिबार थपिएका ९९ सङ्क्रमितमध्ये ९७ जना बाहिरी देशबाट आएका व्यक्ति भएको अधिकारीहरुले बताएका छन् ।चीनको वुहान शहरमा कोरोना सङ्क्रमणको सङ्ख्यामा कमी आउन थालेपछि लकडाउन हटाइएको थियो । तर अहिले सङ्क्रमितको सङ्ख्या लगातार थपिइरहँदा चिनियाँ अधिकारीहरु चिन्तित भएका छन् ।

शनिबार राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङ्गले कोरोनाको सङ्क्रमण रोक्न समूहमा भेला नहुन र बच्ने उपाय अपनाउन अपिल गरेका थिए । उज्यालोअनलाइन बाट

Leave a Reply

Your email address will not be published.

Back to top button