कोरोनाविरुद्ध खटिएका २२ हजार स्वास्थ्यकर्मी संक्रमित !


काठमाडौं, ३० चैत । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वका विभिन्न मुलुकमा कोरोना भाइरसविरुद्ध खटिएका २२ हजारबढी स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण देखिएको बताएको छ ।

डब्ल्यूएचओले शनिबार सार्वजनिक गरेको एक प्रतिवेदनका अनुसार यही अप्रिल ८ सम्ममा विश्वका ५२ मुलुकमा कार्यरत २२ हजार ७३ जना स्वास्थ्यकर्मी कोरोना भाइरसद्वारा संक्रमित देखिएका छन् ।

कोरोनाविरुद्धको मोर्चामा खटिँदा कैयौँ स्वास्थ्यकर्मीको ज्यानै समेत गएको छ । चीन, बेलायत, इटलीलगायत देशमा डाक्टर, स्वास्थ्यकर्मीले समेत ज्यान गुमाएका छन् । यद्यपि डब्ल्यूएचले सबै मुलुकबाट यथार्थ डाटा आउन नसकेको जनाएको छ । सबै यकीन जानकारी आएमा यो तथ्यमा थप वृद्धि हुनेछ ।

साथै डब्लुएचओले विश्वभरका स्वास्थ्यकर्मीले कोरोना भाइरसको नियन्त्रणका लागि महत्वपूर्ण भूमिका निभाइरहेको जनाउँदै यस जोखिमपूर्ण काममा खट्नुपूर्व पूर्ण रुपले सुरक्षित उपकरणको प्रयोग गर्नु अनिवार्य रहेको समेत सुझाएको छ ।source:news24nepal

Leave a Reply

Your email address will not be published.

Back to top button