कोरोना भाइरसको संक्रमणबाट अमेरिकी राष्ट्रपति ट्रम्पका साथी स्टानली चेराको निधन


एजेन्सी, ३० चैत । कोरोना भाइरसका संक्रमणका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नजिकका साथी स्टानली चेराको शनिबार निधन भएको छ ।राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा कोरोना भाइरस टास्क फोर्सको ब्रिफिङ्गको क्रममा उनका साथी चेरालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको बताएका थिए ।न्यूयोर्कका रियल स्टेट व्यवसायी समेत रहेका ७८ वर्षका चेराको केही दिनयता न्यूयोर्ककै अस्पतालमा उपचार भइरहेको थियो ।

उपचाररत उनको शनिबार कोरोना भाइरसकै कारण निधन भएको द न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।अमेरिकामा कोरोना भाइरसले महामारीको रुप लिन थालेपछि मार्चको सुरुमै न्यूयोर्क सिटी छाडेर न्यू जर्सी गएका बेला चेरालाइ कोरोना संक्रमण भएको थियो । न्यूयोर्कका धेरै धनाढ्यहरु कोरोनाबाट बच्न न्यू जर्सी गएका थिए । तर उनलाई भने त्यही क्रममा कोरोना संक्रमण भयो ।

राष्ट्रपति ट्रम्प बारम्बार आफ्ना एक साथीलाई कोरोना भाइरसको संक्रमण भएकाले त्यसले समस्या उत्पन्न गराउन सक्ने बताउँदै आएका थिए । यद्यपि उनले चेराको नाम लिएका थिएनन् । तर अमेरिकी राष्ट्रपति कार्यालय स्रोतका अनुसार ती व्यक्ति चेरा नै रहेको न्यूयोर्क टाइम्सले जनाएको छ ।source:news24nepal

Leave a Reply

Your email address will not be published.

Back to top button