अमेरिकामा एकै दिन कोरोनाभाइरसले १८०० सय भन्दा बढीको मृत्यु


काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ ।अमेरिकामा पछिल्लो २४ घण्टामा आइतबार विहान समाचार तयार पार्दासम्म १ हजार ८७२ बढीले जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या २० हजार ५५५ पुगेको छ अमेरिकामा एकैदिन २८ हजार ३८१ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५ लाख ३१ हजार २५७ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये २९ हजार ८१८ जना उपचारपछि निको भएका छन् । ११ हजार ३२० जनाको अवस्था गम्भीर रहेको । ४ लाख ८० हजार ८८४ जना उपचाररत छन् ।चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म १ लाख ८ हजार ७३७ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १७ लाख ७६ हजार ९ सय भन्दा बढी रहेको छ ।खबरहब बाट

Leave a Reply

Your email address will not be published.

Back to top button