काठमाण्डौबाट बर्दिया हिंडेका श्रमिकहरु ३ दिनमा बुटवल पुगे, अझै ५ दिन हिंड्ने तयारी


बुटवल, २९ चैत्र ,
हात मुख जोड्न धौ भएपछि काठमाण्डौको किर्तीपुरबाट बर्दियाका लागि हिंडेका श्रमिकहरु ३ दिनको पैदल यात्रा पार गर्दै आज बुटवल पुगेका छन् । लकडाउनको समय लम्बिएसंगै ज्याला मजदुरीको काम नपाएपछि उनीहरु बर्दियाको राजापुरका लागि पैदल यात्रा तय गरेका थिए ।
काठमाण्डौबाट हिंड्दा केहि चाउचाउ र बिस्कुट बोकेर निस्केका उनीहरुको बुटवल सम्म पुग्दा खानेकुरा समेत सकिएको छ ।

बचेको सिमीत खानेकेरा र पानी खाएर हिंडिरहेको बर्दिया राजापुरका बुद्धिराम चौधरी बताउंछन् ।
३ दिन देखि हिंडेकाले खानेकुरा सकिएको उनीहरुले बताएकाछन् । बर्दिंयाको राजापुर पुग्न अझै ४,५ दिन लाग्ने अनुमान लगाएका उनीहरुको बाटोमा के खाने र कहां बस्ने कुनै ठेगान छैन । पैदल यात्रा तय गरेका अर्का श्रमिकले अहिलेसम्म चाउचाउ र पानी खाएर हिंडेपनि अव खानेकुरा नभएको बताए ।


महिला र बालबालीका सहित १२, १३ जनाको समुहमा रहेका उनीहरुले पानी मात्र खाएर पनि बर्दिया पुग्ने अठोट लिएकाछने । ज्याला मजदुरीको काम नपाएपछि पानी मात्र पिएर पनि घर पुग्न मन लागेर हिंडेको अर्कि किशोरी बताउंछिन् ।
स्थानीय तहले राहत बांडेको फोटाहरुले समाजिक सञ्चालका पाना भरिएपनि वास्तबिक श्रमिकहरुको समस्याहरु सम्म भने उनीहरु पुग्न नसकेको देखिएको छ ।source:abcnepaltv

Leave a Reply

Your email address will not be published.

Back to top button