बागलुङमा चट्याङ लागेर एक युवकको मृ’त्यु , ५ जना घा’ईते !


बागलुङ २०७६ चेत २९ । बागलुङ नगरपालिका-१३ बास्कोटमा चट्याङबाट एक जनाको मृ’त्यु भएको छ भने ५ जना घा’ईते भएका छन् । साढे ४ बजेको समयमा परेको चट्याङले घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर २६ वर्षिय शंकर रिजालको ज्यान गएको छ । आफ्नै घरको पिढिमा बसेर खाजा खाइरहेका बेला बागलुङ नगरपालिका–१३ गलुवाका शंकर रिजाललाई शनिबार अपरान्ह ४ बजे परेको चट्याङले लागेको थियो। उनको उपचारको लागी धौलागिरी अस्पताल ल्याएपछी मु’त्यु भएको अस्पताल श्रोतले बतायो ।

चट्याङबाट सोहि ठाउ बस्ने वर्ष ७३ को तारा सार्की, वर्ष ६५ की फुलमती हरिजन, वष ४१ कोपिला परियार वर्ष २६ की लक्ष्मी नेपाली, नरबहादुर रोका, कालीगणडकी करिडोरमा कामगर्ने दाङ घर भएका कमल केसी घा’ईते भएका छन् । चट्याङले एउटा भैँसी पनि म’रेको स्थानीयले बताएका छन् । घा’ईतेहरुको धौलागिरी अस्पतालमा उपचार भैरहेको छ ।source:esidhakura

Leave a Reply

Your email address will not be published.

Back to top button