लकडाउन उ’ल्लंघन गर्दै हुइँकिएको मोटरसाइकलले ठ’क्कर दिंदा ड्युटीमा रहेका सशस्त्रका इन्सपेक्टर घा’इते


मोरङ, ‘लकडाउन’ उ’ल्लंघन गर्दै हुइँकाइएको मोटरसाइकलले ठक्कर दिंदा मोरङमा ड्यु’टीमा रहेका सशस्त्रका पूहरी निरीक्षक (इन्स्पेक्टर) सख्त घा’इते भएका छन् ।लकडाउन उ’ल्लंघन गर्दै एक शिक्षकले कु’दाएको मोटरसाइकलले ठ’क्कर दिंदा शुक्रबार साँझ मोरङमा सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) घा’इते भएका हुन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १८ प ६२९३ नम्बरको मोटरसाइकलले ठ’क्कर दिँदा सशस्त्र बेस क्याम्प लक्ष्मीमार्गमा कार्यरत इन्सपेक्टर चेतन बाह्रकोटी घा’इते भएका हुन् ।

झापाको बी एण्ड सी अस्पतालमा भ’र्ना गरिएका बाह्रकोटीको दाहिने कुमको जोर्नी खुस्किएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिएका छन् । उनकाअनुसार विश्वमा म’हामारीको रुप लिइरहेको को’रोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले गरेको ‘लकडाउन’ कार्यान्वयनका लागि राजमार्गमा इन्सपेक्टर बाह्रकोटी ने’त्रृत्वको टोली परिचालित थियो ।‘लकडाउन’का समयमा मोटरसाइकल च’लाएको पाइएपछि सशस्त्रको टोलीले रो’क्न खोजेको थियो । रो’क्न खोजेकै मोटरसाइकलले ठ’क्कर दिँदा घ’टना भएको डीएसपी राईले बताए ।

मोटरसाइकल चालक मोरङको मिक्लाजुङ गाउँपालिका– १ का २९ वर्षीय तीर्थबहादुर राई र पछाडि सवार १९ वर्षीय सुजन राईलाई नियन्त्रणमा लिइएको छ । दुवै जनालाई नियन्त्रणमा लिएर घ’टनाको अनुसन्धान सुरु गरिएको डीएसपी राईले बताए ।तीर्थबहादुर मिक्लाजुङको चन्द्रोदय आधारभूत विद्यालयका शिक्षक रहेको खुलेको छ । उनी सुन्दरहरैंचाको सुकुना बहुमुखी क्याम्पसमा स्नातकोत्तर अध्ययनरत पनि रहेको पाइएको छ । source:esidhakura

Leave a Reply

Your email address will not be published.

Back to top button