कोरोनाले बेलायतमा अर्कि अभिनेत्री हिथको पनि मृत्यु


काठमाडौ- कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १७ लाख ७ जना सङक्रमित भएका छन् । यस प्रकोपबाट संंसारभरि १ लाख २ हजार ७५१ को मृत्यु भएको छ ।यसैबीच यस रोगबाट ३ लाख ७६ हजार ५२९ जना निको भएका छन् । अमेरिकामा मात्र ५ लाख भन्दा बढी सङ्क्रमित भएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरु शनिबार मध्याह्नसम्मको यो तथ्याङ्क सार्वजनिक गरेको हो ।

त्यस्तै कोरोनाबाट बेलायती अभिनेत्री हिलारी हिथको मृत्यु भएको छ । उनको ७४ बर्षको उमेरमा मृत्यु भएको हो ।दर्जनौ चलचित्रमा अभिनय गरेकी हिलारीले चलचित्र हरर मा अभिनय गरेपछि झन चर्चामा आउन सफल भएकी हुन् । १९६८ देखि उनले चलचित्रमा प्रवेश गरेकी थिइन् । source:osnepal

Leave a Reply

Your email address will not be published.

Back to top button