नगरपालिकाको गरिबलाई राहत कुहिएको चामल !


परासी । राहतका नाउँमा गरिबलाई कुहिएको चामल दिएको भन्दै पश्चिम नवलपरासी रामग्राम नगरपालिकाका गरिब तथा विपन्न परिवारले नगरपालिकाअगाडि खाद्यान्न फालेका छन् ।

नगरपालिकाले गरिब तथा विपन्नको तथ्याकं संकलन गरी शुक्रबारदेखि वडामार्फत खाद्यान्न वितरण सुरु गरेको हो ।

रातहको चामल गन्हाएको भन्दै गरिब तथा विपन्नले आफूले पाएको खाद्यान्न नगरपालिकाको गेटअगाडि लगेर छरिदिएका हुन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएकाे छ ।

Leave a Reply

Your email address will not be published.

Back to top button