भारतको मुम्बइमा बस्ने अछामका एकै परिवारका ८ जनामा कोरोना संक्रमण

काठमाडौं, भारतको मुम्बइमा बस्ने एक नेपालीको पुरै परिवारमा को’रोना भाइरसको संक्रमण देखिएको छ। अछामको चौरपाटी गाउँपालिका-५ लुंग्राका चेतमान खड्काको परिवारका ८ जनालाई को’रोनाको संक्रमण देखिएको हो। उनीहरुको ११ दिनदेखि मुम्बईमा उपचार भइरहेको छ। परिवारका एक जनामा कोरोना भाइरस परीक्षण नेगेटिभ देखिएको छ भने एक जनाको अवस्था ग’म्भीर छ। उनका दुई छोरी, छोरा, श्रीमती, भाई र भतिज गरी ११ जनालाई अस्पताल भर्ना गरिएको तथा उनीहरुमध्ये ८ जनाको को’रोना भाईरस पोजेटिभ देखिएको हो ।



११ दिनदेखि अस्पतालमा उपचार गराइरहेका खड्काले हिजो सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन्, “दै’बको खेल विश्वव्यापी म’हामारीले गर्दा आफूले पनि यो म’हामारी भोग्नुपरेको छ। हामी सम्पूर्ण परिवार चि’न्तित छौं। हजुरहरुलाई पनि जानकारी गराउन चाहन्छु आफ्नो घर वा आफ्नो स्थानबाट बाहिर ननिस्कनु होला। आफ्नो सु’रक्षा आफै गर्नुहोला। जहाँ हुनुहुन्छ जो अवस्थामा हुनुहुन्छ आफ्नो ख्याल गर्नुहोला, नभए मेरो जस्तो पी’डा भो’ग्न पर्ला ।आफ्नो ख्याल आफै गर्नुहोला जय श्रीराम सम्पूर्ण मानव जातिको र’क्षा गर्नु ईश्वर जय खाबर जगनाथ कि जय।”

Source:esidhakura