के कोरोना भाइरसको संक्रमण गर्मी ठाउँमा फैलिदैन र ?


काठमाडौं, २८ चैत । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड १९ को संक्रमण गर्मी ठाउँमा फैलिदैन भन्ने धारणा विस्तारै सेलाउदै गएको छ । कोरोना भाइरस मौसमी हो की होइन भन्नेबारे पनि अनुसन्धानले अझै पत्ता लगाउन सकेको छैन ।कोरोना मौसमी तथ्य पत्ता लगाउनका लागि कुनै स्थानमा वर्षभरि संक्रमणहरु कसरी परिवर्तित हुन्छन् भनेर हेर्नुपर्ने बीबीसीमा उल्लेख छ । विश्वभरको फरक फरक हावापानीमा कोरोना भाइरसबारे अध्ययन गरी मौसमी हो या होइन भन्ने थाहा पाउन सकिन्छ ।

केही अध्ययनहरुका अनुसार चिसो र सुक्खा ठाउँमा कोरोना भाइरसको संक्रमित बढी देखिएको छ । बीबीसीका अनुसार मार्च १० सम्म थाहै नपाइकन सामुदायिक रुपमा संक्रमण फैलिएर धेरै प्रभावित भएको देशमा न्यून संक्रमण देखिएका देशको तुलनामा औसत तापक्रम कम भएको एक अध्ययनले देखाएको छ ।त्यस्तै चीनको एक सय सहरमा चालीस भन्दा बढी कोरोना संक्रमितमाथि अध्ययन गर्दा तापक्रम बढी हुँदा भाइरसको संक्रमण कम भएको अर्को अनुसन्धानले पत्ता लगाएको छ ।

मार्च तीनसम्म संसारभर नै चिसो र सुक्खा स्थानहरुमा धेरै कोरोना भाइरसको संक्रमण फैलिएको पाइएको छ । तर कोरोना भाइरस हाल विश्व संगठनले सूचीकृत गरेको सबै भूभागमा पुगिसकेको ती स्थानहरुको मौसम चिसो, सुक्खा, गर्मी र ओसिलो सबै खालको रहेको लन्डन स्कूल अफ हाईजीन एन्ड ट्रपिमकल मेडिसिनका अनुसन्धानकर्ताहरुले जनाएका छन् । source:news24nepal

Leave a Reply

Your email address will not be published.

Back to top button