कोरोना सङ्क्रमणबाट बेलायतमा बाग्लुङका एक वृद्धको मृत्यु


लन्डन , को’रोना भाइरसका कारण बेलायतमा एक नेपालीको ज्यान गएको छ। पुर्ख्यौली घर बाग्लुङ भएका नातिको विवाहका लागि बेलायत आएका कर्णबहादुर केसीको कोरोना भाइरसको कारण मृ’त्यु भएको पुष्टि भएको हो ।उनी मार्चको पहिलो साता लण्डनमा भएको नातिको विवाहमा भाग लिन उनी श्रीमतीसहित बेलायत आएका थिए । बेलायत बस्दाबस्दै खानाको स्वाद थाहा पाउन छोडेपछि र पखाला चल्न थालेपछि उनलाई लण्डनको न’र्थविक पार्क हस्पिटलमा भ’र्ना गरिएको थियो ।१० दिनसम्म आइसियुमा राख्दा पनि उनको स्वास्थ्य उपचार कुनै सुधार भएन ।

उनको गत बुधबार अप्रिल ८ तारिखका दिन को’रोनाबाट नि’धन भएको प्रवासी नेपाली एकता मन्च युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले जानकारी दिए ।स्वास्थ्य क्षेत्रमा कार्यरत एक सामाजिक आभियान्ता पुडासैनीले दिएको जानकारी अनुसार मुख्य कुरो को’रोना संक्रमणका लागि ज्वरो, स्वाँ स्वाँ र सुख्खा खोकी मात्र कुरेर हुँदो रहेनछ । स्वाद नपाउने, गन्ध नआउने, डाइरिया हुने अथवा सामान्य अवस्थाबाहेक जेसुकै हुँदा पनि चनाखो हुनुपर्छ । आइसोलेसनको नियम पालना गर्ने, सरकारको निर्देशन पालना गर्नुपर्छ । जुन देशमा बसिएको छ, त्यो देशको सरकारले जारी गरेको निर्देशन मान्नुपर्छ ।

किन भने त्यो का’नुनः सू’चना हो, त्यो सू’चना नै सर्वसाधारणका लागि सल्लाह हो ।प्रधानमन्त्री, स्वास्थ मन्त्रालयले पनि सू’चना पठाएको छ, नेपाली स’मुदायबीच वरपर बस्ने सबैलाई यो सू’चना फैलाउनुपर्छ ।उनी बेलायतमा छोरा मिलन केसी र बुहारी सरस्वती केसीका साथ बसोबास गर्दै आएका थिए । उनीहरु दुवैजना लण्डनमा व्यवसायरत छन् भने सरस्वती केसी गैरआवासीय नेपाली संघ युकेकी कार्यसमिति सदस्य हुन् । Source:esidhakura

Leave a Reply

Your email address will not be published.

Back to top button