कञ्चनपुरमा पिङ खेल्ने क्रममा १० वर्षीय बालकको ज्यान गयो


कञ्चनपुर, २८ चैत । कञ्चनपुरमा पिङ खेल्ने क्रममा १० वर्षीय बालकको ज्यान गएको छ । पुनर्वास नगरपालिका वडा नम्बर ९ मा शुक्रबार पिङ खेल्ने क्रममा कृष्ण बहादुर सुनार र सरु देवी सुनारका १० वर्षीय छोरा रोशन सुनारको ज्यान गएको हो ।

शुक्रबार मध्यन्हको समयमा पिङ खेल्ने क्रममा डोरी बटारिएर बालकको ज्यान गएको हुनसक्ने इलाका प्रहरी कार्यालय पुनर्वासका प्रहरी निरीक्षक वकिल बहादुर सिंले न्यूज २४ लाई जानकारी गराए । यस घटनामा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

मृतक सुनार कक्षा पाँचमा अध्ययनरत थिए । मृतक बालकका आमा बुबा कामको सिलसिलामा भारतको मद्रासमा रहेका परिवार श्रोतले जनाएको छ ।source:news24nepal

Leave a Reply

Your email address will not be published.

Back to top button