अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लागाएपछि नेपाल फर्कने तयारीमा रहेका गुरुङले कुवेतमा गरे आ’त्म’ह’त्या


कुवेत, २८ चैत । स्वदेश फर्कने तयारीमा रहेका एक नेपालीले कुवेतमा आ’त्म’ह’त्या गरेका छन् । लमजुङका ४१ वर्षीय आइत बहादुर गुरुङले बुधवार स्थानीय समय अनुसार बेलुका ५ बजे आ’त्म’ह’त्या गरेका हुन् ।कुवेतको मेश अल्गानियम कम्पनीको भान्सामा रोजगारी गर्दै आएका गुरुङले बुधवार आ’त्म’ह’त्या गरेको प्रारम्भिर रिपोर्ट आएको कुवेतस्थित नेपाली राजदूतावासले जनाएको छ । यद्यपी उनको पोस्टमार्टम रिपोर्ट आइसकेको छैन् ।

५ वर्षअघि कुुवेत आएका गुरुङका नेपालमा श्रीमती र २ बच्चा छन् । गुरुङ कम्पनीबाट हिसाब मिलाएर बिदामा घर फर्कने तयारीमा थिए ।तर, नेपाल सरकारले कोरोनाको संक्रमणलाई रोक्न भन्दै अन्तराष्ट्रिय उडानहरुमा प्र’तिबन्ध लगाएपछि उनी स्वदेश फर्कन पाएका थिएनन् । स्वदेश फर्कन नपाएपछि त’नावमा रहेका गुरुङले किन आ’त्म’ह’त्या गरे भन्ने बारेमा अनुसन्धान भइरहेको छ । source:npkhabar24

Leave a Reply

Your email address will not be published.

Back to top button