अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीलाई नि:शुल्क खान


एजेन्सी, २६ चैत । अस्ट्रेलियामा रहेका विद्यार्थीहरुले निःशुल्क खाना पाउने भएको छ । कोरोना भाइरसको महामारीको समयमा अस्ट्रेलियाको एक रेस्टुरेन्टले नेपाली विद्यार्थीहरुलाई निःशुल्क खान खुवाने घोषणा गरेको छ ।सुकुन्दा रेस्टुरेन्टले अस्ट्रेलियाको मेलबर्नमा रहेका अन्तर्राष्ट्रिय नेपाली विद्यार्थीहरुलाई दैनिक निःशुल्क खाना दिने योजना लिएर आएको हो । कोरोना भाइरस रोकथामका लागि अनिश्चितकालीन लकडाउनले ब्यापार र ब्यबसाय ठप्प भएपछि धेरै जसो बिद्यार्थीहरु बेरोजगार भएका छन्।

अहिलेको यो संकाटकालमा कोही पनि भोकै बस्न नपरोस भन्दै सुकुन्दा रेस्टुरेन्टले नेपाली विद्यार्थीहरुलाई तत्काल सम्पर्क गर्न अपिल गरेको छ। source:news24nepal

Leave a Reply

Your email address will not be published.

Back to top button