नेपालीलाई सहयोग गर्दै आएका अमेरिकी अभियन्ताको निधन

अमेरिका- नेपालीहरुलाई सहयाेग गर्दै आएका एक अमेरिकी राजनीतिज्ञको को’राेना भाइरसका कारण नि’धन भएको छ ।नेपालका भू’कम्पपीडितलाई सहयोगका लागि राहत संकलन तथा अमेरिकामा नेपालको झण्डा फहराउने अभियानमा सम्बद्ध न्युजर्सीका मायकल युनको को’रोना भाइरसको संक्रमणबाट नि’धन भएको हो ।जर्सी सिटीका काउन्सिलम्यान समेत रहेका युनले नेपालको इन्द्रावती गाउँपालिकालाई जर्सीसिटीसँग भ’गिनी सम्बन्ध कायम गर्ने अभियानमा युनको विशेष भूमिका रहेको थियो ।जर्सी सिटी मेयरकी सल्लाहकार डाक्टर बिष्णुमाया परियारको उक्त अभियनामा उनले साथ दिएका थिए ।



तीन वर्ष अगाडि जर्सी सिटीको मेयर अफिसमा नेपालको झण्डा फहराउनेमा पनि उनले उल्लेख्य भूमिका नि’भाएका थिए ।उनले नेपालमा भूकम्प गइसकेपछि झण्डै ३० हजार डलर राहत संकलन गरेर नेपालीहरुका लागि पठाएका थिए ।अमेरिकामा रहेका नेपालीका लागि टीपीएस प्रस्ताव पारित गराउनमा पनि उनको सहयोगी भूमिका रहेको थियो । उनको निधनले अमेरिकामा रहेका नेपाली समुदायले समेत गहिरो दुः’ख प्रकट गरेका छन् ।