सेनाको रगतले सुत्केरीको ज्यान बच्यो

नेपाली सेनाका एक जवानले बुधबार बिहान गरेको रक्तदानले बैतडीका एक सुत्केरीको ज्या’न जो’गिएको छ । शल्यक्रिया गरेर सुत्केरी भएकी बैतडीको दोगडाकेदार गाउँपालिका—५ न्वालीकी २८ वर्षीया राजु भुलको सेनाले दिएको रगतले ज्या’न जोगिएको जिल्ला अस्पताल बैतडीका डा. वसन्तराज जोशीले जानकारी दिनुुभयो ।



जिल्ला अस्पतालमा चैत २४ गते शल्यक्रियामार्फत बच्चा जन्माएकी राजुको अत्यधिक र’क्तश्राव भएपछि ज्यान जो’खिममा परेको थियो । सुत्केरी महिला रगत अ’भावमा छ’ट्पटिरहेकी अवस्थामा बुधबार बैतडीस्थित हनुुमानध्वज गुल्मका जवान विवेक नेपालीले रक्तदान गरेका हुन् ।



बैतडी जिल्ला अस्पतालमा २४ गते शल्यक्रियामार्फत बच्चा जन्माएकी बैतडीको दोगडाकेदार–५ का राजु भुल । २५ गते राति अत्याधिक र’क्तश्राव भएर वे’होस भएकी भुललाई रगतको अ’भावमा हनुमानध्वज गुल्मका नेपाली सेनाका जवान विवेक नेपालीले बुधबार रक्तदान गरेर उनको ज्यान बचाएका छन् । तस्बिरः विनोद सिंह विष्ट÷रासस



सेनाका जवान नेपालीले १ पोका अर्थात् ४०० मिलीलिटर रगत दिएको डा. जोशीले बताउनुुभयो । “चैत २४ गते शल्यक्रियामार्फत बच्चा जन्माएकी राजुको शरीरमा मङ्गलवार राती रगतको कमी भइ बेहोस भएपछि सेनालाई गुहारेका थियौं” डा. जोशीले भन्नुुभयो, “सेनाले दिएको रगत सुत्केरीको ज्यान जोगाउन सफल भयौं ।” अहिले आमाको स्वास्थ्य अवस्था सुधार हुदैं गएको र शिशुको अवस्था पनि सामान्य रहेको अस्पतालले जनाएको छ । बैतडीको रक्तसञ्चार केन्द्र (ब्लड बैंक) मा रगतको आवश्यकता पर्दा सेना र प्रहरीकै भर पर्नुपर्ने बाध्यता रहेको छ ।रासस