राति खाना खाएर छोराछोरीसँगै सुतेकी एक महिला बिहानै गहुँखेतमा मृत भेटिइन्


कञ्चनपुर, २६ चैत्र । कञ्चनपुरको भीमदत्त नगरपालिका १९ मा एक जना ३४ वर्षीय महिलाको शव फेला परेको छ ।

कञ्चनपुरको भीमदत्त न.पा.- १९ स्थित बागफाटाको गंगा टोलमा बस्ने कमला देवी विष्टको शव फेला परेको हो ।

राति खाना खाएर आफ्ना छोराछोरीसँगै सुतेका कमलालाइ बिहान खोज्ने क्रममा उनकै घर नजिकको गहुँको खेतमा शव फेला परेको हो ।

मृतकले आफू मुटु रोगका बिरामी भएको र उपचारमा बढी खर्च हुने भएकाले छोराछोरीको पालनपोषण गरिदिनुहोला भनेर लेखिएको एक पत्र उनको घर बाट फेला परेको छ ।

घटनाको सूक्ष्म रुपमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
मृतक कमलाका श्रीमान भारतमा काम गर्दै आइरहेका छन् ।

Leave a Reply

Your email address will not be published.

Back to top button