मेडिकल सामग्रीमा कालाेबजारी गर्ने सीएनआईका उपाध्यक्ष सुलभ अग्रवाल पक्राउ


काठमाडौं, २६ चैत । गएको बिहीबार नेपाल वायु सेवा निगमको विमान चार्टर गरी चीनको ग्वान्जाओबाट इन्फारेड थर्मल गन (टाढैबाट ज्वरो नाप्ने) र एन–९५ मास्क नेपाल भित्र्याएर कालो बजारी गर्ने उद्योग परिसंघ (सीएनआई)का उपाध्यक्ष सुलभ अग्रवाल पक्राउ परेका छन् ।महानगरीय अपराध महाशाखाको विशेष टोलीले ग्राहकको भेषमा थर्मल गन र मास्क किन्ने बहाना बनाई स्टिङ्ग अपरेसन गरी उनलाई पक्राउ गरेको हो । बढीमा चार हजार रुपियाँ पर्ने थर्मोमिटर उनले बिनाबिल १६ हजार रुपियाँमा बेची कालोबजारी गरेको प्रहरीको भनाइ छ ।

नेपालमा कमै मात्र पाइने सो गन राजधानीको विभिन्न स्थानमा कालोबजारी गर्न लुकाएर राखेको अवस्थामा पक्राउ गरेको महाशाखाले जनाएको छ । बिहीबारको उडानमा २० हजार थान यस्ता थर्मोमिटर नेपाल भित्रिएका थिए ।विशेष गरी सुलभ अग्रवालले करिब दुई करोड रुपियाँमा विमान चार्टर गरी ती सामग्री नेपाल भित्र्याएका थिए । बजारमा अभाव भएको मौका छोपेर विमान चार्टर गरी नेपाल भित्र्याउन सफल आग्रवालले भ्याट बिलबिना नै सामग्री सप्लाइ गर्ने गरेका थिए । महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले मंगबार दिउँसो नै थर्मल गनको कालोबजारी भइरहेको जानकारी पाएका थिए । याे खबर नेपाल समाचारपत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published.

Back to top button