फ्रान्समा कोरोनबाट एकैदिन १४ सय बढीको मृत्यु


काठमाडौं, २६ चैत । युरोपेली देश फ्रान्समा कोरोना भाइरस (कोभिड १९) का कारण ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ ।विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार यो समाचार तयार पारिसक्दासम्म फ्रन्समा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ३२८ पुगेको छ । जसमा १ हजार ४१७ जनाको भने मंगलबार मात्रै मृत्यु भएको छ ।

कोरोनाबाट संक्रमित हुनेको संख्या पनि फ्रन्समा १ लाख नाघेको छ । अहिलेसम्म फ्रन्समा १ लाख ९ हजार ६९ जना कोरोना संक्रमित भएका छन् । जसमा ११ हजारभन्दा बढी मंगलबार मात्रै संक्रमित भएका छन् ।अहिले फ्रन्समा ७९ हजार ४०४ जनामा कोरोना सक्रिय रहेको छ । संक्रमितमध्ये १९ हजार ३३७ जना भने पूर्ण रुपमा निको भइसकेका छन् । ७ हजार १३१ जनाको अवस्था भने गम्भीर रहेको छ । Source:News24nepal

Leave a Reply

Your email address will not be published.

Back to top button