भारतको अस्पतालबाट फरार कोरोना संक्रमित एक नेपाली प्रहरी नियन्त्रणमा


काठमाडौं, २५ चैत । छिमेकी राष्ट्र भारतको उत्तर प्रदेशको एक अस्पतालबाट फरार कोरोना संक्रमित एक नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।उत्तर प्रदेशको बापत जिल्लाको लेभल वान अस्पतालमा उपचाररत तबलिगी जमाती समूह सम्बद्ध फरार ६५ वर्षीय बृद्धलाई बागपत प्रहरीले नियन्त्रणमा लिएको हो ।ती बृद्ध तबलिगी सम्मेलनमा सहभागी हुनका लागि त्यहाँ पुगेका थिए । कोरोना संक्रमित ती नेपाली बृद्ध सुनसरी भोत्राको स्थानीय भएको बताइएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार गए सोमबार राति उनी अस्पतालको सीसा फुटाएर भागेका थिए । उनको खोजीका लागि बागपत प्रहरीले सार्वजनिक सूचना जारी गरी १० टोली परिचालन गरिएको थियो ।कोरोना पुष्टि भएपछि उनलाई उत्तर प्रदेशको खेकडास्थित लेभल वान अस्पतालमा भर्ना गरिएको थियो । photo:zeenews

Leave a Reply

Your email address will not be published.

Back to top button