लकडाउनको पीडा : पत्नीलाई साइकलमा राखेर भोकपीडा सहदै पाँच दिनमा घर पुगे राघोराम


काठमाडौं, २५ चैत । विश्वभरी फैलिरहेको कोरोना भाइरसले धेरैलाई अलपत्र पार्दै र भोक एवं प्यासले पीडामा पारेको छ । यस्तै अलपत्रमा परे भारतका एक श्रमिकको दम्पति पनि ।

भारतमा तीव्र गतिमा कोरोना फैलिन थालेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशलाई पूर्णरुपमा लकडाउन लगाए । यसको मारमा परे अन्य भारतीय नागरिक झै ती एक दम्पति पनि । लकडाउनबीच पनि उनीहरु भारतको हरियाणाको रोहतकबाट उत्तर प्रदेशको बलरामपुर फर्किनु परेको थियो ।

एक पतिले आफ्नो पत्नीलाई पाँच दिनसम्म साइकलमा राखेर ७०० किलोमीटरको यात्रा पार गर्दै घरसम्म ल्याउन सफल भएका छन् । राघोराम नाम गरेका उनमा त्यो आँट कोरोना भाइरसले दिएको उनी बताउँछन् । भाइरसको संकटको डरले उनमा उक्त अद्भूत शक्ति पैदा भएकोमा कुनै दुई मत छैन ।

एक निजी कम्पनीमा काम गर्न पाँच महिना अगाडि एक ठकेदारले यी दम्पत्तिलाई रोहतक पुर्याएका थिए । ९ हजार भारु महिनाको तलब थियो । त्यहाँबाट उनकी पत्नी र उनी २७ मार्चको बिहानको सयममा निस्किए । चार दिनपछि उनीहरु गोन्डा पुगे र त्यहाँका जिल्ला अस्पतालमा चेक जाँच गराउन गए । त्यस क्रममा उनीहरुको भेट बीबीसीसंग भयो र उनीहरुको पीडाको यो कथा उजागर भयो ।

आफ्नो श्रीमतिलाई साकलमा राखेर घर फर्कनेक्रममा राघोरामका गोजीमा जम्मा १२० रुपैयाँ, झोलामा अलिकती सामग्री र कपडा रहेको उनले बीबीसीलाई बताएका छन् । उनले यो भन्दा अगाडि कहिल्यै साइकलमा यात्रा नगरेको त्यसमाथि बाटो पनि नचिन्ने । उनीहरु बल्ल सानीपती भन्ने स्थानमा आइपुगे ।

त्यहाँसम्म आइपुग्दा भोकले रन्थनिन लागेका थिए । प्रत्येक ठाउँमा प्रहरी भएपनि उनीहरुको नाजुक अवस्थाको कारण प्रहरीले छाडिदिने गरेको कारण सरसर हिड्न पाउथे । उनीहरु गाजियावादबाट बरेली, सीतापुर बहराइच हुँदै गान्डा पुगेको बताए ।

गोन्डाको अस्पतालमा स्वास्थ्य परीक्षण भएपछि उनीहरु घर फर्कन पाउने भए । उनको श्रीमतीको माइती गोन्डामा भएको कारण उनीहर राति त्यही बसे । र त्यसको भोलिपल्ट आफ्नो घर आइपुगे । उनको जीवनको पहिलो र कहिले नै विर्सन नसक्ने क्षण थियो यो । उनी त एक उदाहरण मात्र हुन । उनी जस्तै धेरै मान्छेहरु बाटोमा देखिन्थे ।

कयौ मान्छेहरु खुट्टाले हिडिरहेको उनी बताउँछन् । लकडाउनको समयमा भारतीय मात्र होइन नेपालमा पनि कयौं मानिसहरुले यसरीनै यात्रा तय गरेका छन् । दूरी र समय धेरै र थोरैमा मात्र फरक छ । बीबीसीको सहयोगमा

Leave a Reply

Your email address will not be published.

Back to top button