बिरामीको सेवा गर्दागर्दै बेलायतमा नर्सले काेराेनाका कारण ज्यान गुमाइन

बेलायत- बेलायतमा कोरोना भाइरसबाट ३६ वर्षीय नर्सको मृत्यु भएको छ ।तीन सन्तानकी आमा अरीमा नसरीनले कोरोना भाइरसबाट ज्यान गुमाएकी हुन् । उनी वाल्सल मनोर अस्पतालमा एक्यूट मेडिकल युनिटमा काम गर्दै आएकी थिइन् ।मृतक नर्सकी बहिनी काजीमा नसरिनले उनी एक बहुप्रतिभाशाली भएको बताउँदै उनकाे निधनमा गहिरो दुख व्यक्त गरेकी छिन् ।उनले भनिन, ‘हामीले एउटा बहुप्रतिभाशाली नर्स गुमायौँ, हामीले जीवनमा एक अद्भुत व्यक्तिलाई पनि गुमायौँ ।’



उनी काममा अब्बल भएकै कारण समाजमा उदाहरणीय बनेकी थिइन् । उनी बिरामीको हेरचाहमा मात्र नभएर समुदायको सधैँ हितमा लाग्ने गर्थिन् ।उनले कुनै मानिस पैसाका कारण समस्यामा छन् ,कोही तीर्थयात्रामा जान चाहन्छन् तथा गरिब छन् तिनीहरूको लागि पैसा पठाउने गर्दथिन् ।नसरिनको गत शुक्रवार बिहान इन्टेन्सीभ केयर युनिटमा उपचारका क्रममा निधन भएको हो । उनलाई कोरोना भाइरस सङ्क्रमण भएपछि भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो । Source:Khabarhub