महाकाली तरेर आउने कोरोना संक्रमित युवालाई पक्राउ गर्ने सशस्त्रसहित १७ जनाको स्वाब परीक्षणमा


कञ्चनपुर, २४ चैत । २२ गते कञ्चनपुरका एक जना कोरोना संक्रमित युवक फेला परेपछि उनलाई सीमानाकाबाट पक्राउ गर्ने सशस्त्र प्रहरीसहित १७ जनाको स्वाब लिइएको छ भने २ जनाको स्वाब परीक्षण गर्ने तयारी थालिएको छ ।क्ञ्चनपुरका कोरोना संक्रमित युवकलाई पक्राउ गर्ने सशस्त्र प्रहरीसहित १७ जनाको स्वाब लिइएको छ भने २ जनाको स्वाब परीक्षण गर्न बाँकी रहेको छ ।लुकीछिपी महाकाली नदीबाट ट्युवमा पार गराउने २ जना व्यक्ति पनि फेला परेको हुनाले उनीहरु २ जनाको स्वाब परीक्षण गर्न बाँकी रहेको छ ।कोरोना संक्रमण पुष्टि भएका युवकको सम्पर्कमा आएको हुनाले उनलाई स्वास्थ्यको दृष्टिकोणले जोखिम हुने भएकाले पक्राउ गर्ने सशस्त्र प्रहरीसहित १७ जनाको स्वाब लिइएको हो ।

गतचैत्र १४ गते लकडाउनको समयमा भारतबाट नेपाल प्रवेश गरेका संक्रमित युवकसहित ११ जनालाई ब्रह्मदेवबाट पक्राउ गरेर वेदकोट–९, सुन्दरपुरको क्वारेन्टाइनमा लैजाने सशस्त्र प्रहरीका १३ जना र चालक, सहचालक तथा सवारी धनी र लुकीछिपी महाकाली पार गराउने दुइ जना गरी १९ क्वारेन्टाइनमा रहेको कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरसिंह साहुले बताउनु भएको छ ।साहुले अगाडि भन्नुभयो, ‘लकडाउन तोडेर नेपाल प्रवेश गरेका व्यक्तिलाई पक्राउ गरेर सीधै क्वारेन्टाइनमा लग्ने हाम्रा १४ जना सशस्त्र प्रहरी जवान र तिनीहरूलाई बोक्ने सवारी साधनका तीनजनाको स्वाब लिइएको छ ।

’साहुले ६ जना बिओपी ब्रह्मदेव र ८ जनागड्डाचौकी सशस्त्र प्रहरी राजस्व सुरक्षा गुल्मका जवानको स्वाब लिएर उनीहरूलाई सशस्त्र प्रहरीकै ब्रह्मदेव र गड्डाचौकी क्वारेन्टाइनमा राखिएको बताउनुभयो ।सवारी धनी, चालक, सहचालकलाई र दुईजनालाइ लुकीछिपी टुवमा महाकाली पार गराउने व्यक्तिलाई भीमदत्त नगरपालिकाको बैजनाथ विद्यालयस्थित क्वारेन्टाइनमा राखिएको छ ।त्यसै गरी बेतकोट नगरपालिकामा एक जना कोरोना संक्रमित देखिएपछि बेतकोट नगरपालिकाले थप सर्तकता अपनाएको छ ।

बेतकोट नगरपालीकाले आफ्नो नगरपालिकाभित्र स्वास्थ्य चेकजाँचलाई तीब्र रुपमा बढाएको, क्वारेन्टाइनलाई थप ब्यवस्थित बनाउन लागेको र आफ्नो वडा भित्र पनि एक वडाबाट अर्को वडामा जान रोक लगाएको छ भने भारतबाट कोरोना संक्रमित युवासंगै आएका १३ जनालाई क्वारेन्टाइनमा रख्नुका साथै उनीहरुको पनि स्वाव परीक्षण गरिएको बेतकोट नगरपालिकाका मेयर अशोक चन्दले जानकारी दिनुभयो । यसरी चोर बाटोबाट हुँदै नेपाल भित्रिएका अन्य धेरैलाई पनि परीक्षणको दायरामा ल्याउन र क्वारेन्टाइनमा रहेकामाथि निगरानी बढाउन आवश्यक भएको पनि यही घटनाले पुष्टि गरेको छ । Source:News24nepal

Leave a Reply

Your email address will not be published.

Back to top button