डाक्टर र नर्सहरु नै संक्रमित भएपछि मुम्बईको एक अस्पताल नै क्वारेन्टाइन जोन घोषित


एजेन्सी, २४ चैत । भारतको मुम्बईस्थित वर्कहार्ट अस्पताल परिसरलाई क्वारेन्टाइन जोन घोषणा गरिएको छ । अस्पतालमा काम गरेका २६ नर्स र तीन जना डाक्टरमा कोरोना भाइरसको संक्रमण भेटिएपछि आज विहान मुम्बई म्युनिसिपल कर्पोरेसन(बिएमसी)ले उक्त अस्पताललाई क्वारेन्टाइन क्षेत्र घोषित गरेको हो ।काम गरेको एक हप्तमा ती नर्स र डाक्टरहरुलाई कोरोना भाइरसको संक्रमण देखा परेको बताइएको छ । अस्पतालका एक अधिकारीका अनुसार अस्पतालमा रहेका बिरामीहरुलाई दुई पटक चेकजाँच गरी कोरोना भाइरस नेगेटिभ नपाएसम्म नयाँ बिरामी नलिने भएको छ ।

वर्कहार्ट अस्पतालमा खटिरहेका २७० जना कामदारहरुको परीक्षण भइसकेको जनाइएको छ ।
एक ७० वर्षीय वृद्ध जो हर्टअट्याकको विरामी थिए । उनलाई २७ मार्चमा कोरोना पोजेटिभ पाइएको छ ।वृद्ध बिरामीलाई चेकजाँच गर्ने दुई जना नर्सलाई पनि भाइरस पोजेटिभ देखियो। त्यसपछि अस्पतालमा कोरोना भाइरस तीव्र गतिमा फैलिएको जनाइएको छ । Source:news24nepal

Leave a Reply

Your email address will not be published.

Back to top button