लकडाउनका बेला घर बिदामा गएका सब-ईञ्जिनियर बाटैमा मृ’त भेटिए


सोलुखुम्बु, २४ चैत । जिल्लाको खुम्बुपासाङ ल्हामु गाउँपालिकामा कार्यरत सब-ईञ्जिनियर मृ’त अवस्थामा फेला परेका छन् । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ५ रोसीका २७ वर्षीय पूर्ण खड्का मृ’त अवस्थामा सोमबार फेला परेका हुन् ।गाउँपालिकामा कार्यरत खड्का लकडाउन हुनअघि गाउँपालिकाबाट घर बिदामा गएका थिए । खड्काको शव सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ३ पिके खोपमा फेला परेको हो ।

गाउँपालिका अध्यक्ष ङिम दोर्जी शेर्पाले घर बिदामा रहेका सब-ईञ्जिनियर खड्का मृ’त भेटिएको खबर आएको बताए । ‘उहाँ घर बिदामा जानुभएको थियो । के कारणले मृ’त्यु भयो भन्ने खुलेको छैन,’ अध्यक्ष दोर्जीले सेतोपाटीसँग भने ।खड्का शनिबारदेखि सम्पर्कविहीन थिए । खड्काको लडेर मृ’त्यु भएको वा अन्य कुनै कारणले भन्ने खुलेको छैन । उनको मृत्युमा खुम्बु गाउँपालिकाले सामाजिक सञ्जाल फेसबुकमार्फत श्रद्धाञ्जली ब्यक्त गरेको छ ।

Source:Npkhabar24

Leave a Reply

Your email address will not be published.

Back to top button