को’रोनाभाइरस फैलिएपछि इक्वेडरको पश्चिमी शहरमा श’वगृह भरिभराउ, सडकभरि ला’शैलाश !


एजेन्सी , इक्वेडरको पश्चिमी शहर ग्वायाकिलका सडकहरूमा जीवित मानिस कमै देखिन्छन् तर ला’शहरू चाहिँ थुप्रै भेटिन्छन् ।को’रोनाभाइरस फैलिएपछि देशको सबभन्दा घना आ’बादी भएको शहरका सार्वजनिक सेवाहरू धराशायी हुने स्थितिमा छन् । अस्पतालमा बि’रामीका लागि एउटा शय्या पनि बाँकी छैन । श’वगृह पनि भरिभराउ छन् । ला’श राख्ने ठाउँ नभएपछि तिनलाई सडकमा राख्नुको विकल्प नरहेको स्थानीयहरू बताउँछन् । मृ’तकमध्ये कतिजना को’भिड–१९ लागेर बितेका हुन् भन्ने स्पष्ट छैन ।

धेरैजसो परिवारले आफ्ना प्रियजनलाई भाइरसको लक्षण देखिएको बताउँछन् भने अन्यले चाहिँ अस्पतालमा उपचार गर्ने ठाउँ नभएकाले उपचारै गराउन नपाएको बताउँछन् ।‘ला’श ग’नाएर बसिनसक्नु भएको छ । ला’श ह’टाउने आँट पनि कसैलाई छैन,’ ग्लेन्डा लारीया भेराले भनिन् । ‘हाम्रा केही छिमेकीहरू वृद्ध छन् । मेरै आमा ८० वर्ष पुग्नुभो र उहाँलाई श्वासप्रश्वासमा समस्या छ ।’ला’श फ्याँ’केका भिडियोहरू पनि सार्वजनिक भइरहेका छन् । एउटा भिडियोमा मोटरसाइकल चढेर आएका एक व्यक्तिले सडकमा ला’श छोडेर गएको देखिन्छ ।

त्यसको कैयौं घन्टापछि विशेष हा’जमात सु’ट लगाएका मानिसको स’मूहले ला’शलाई एउटा गाडीमा राखेर लगेको देखिन्छ । अर्को भिडियोमा व्यक्तिहरूको एक स’मूहले कारबाट ला’श निकालेको देखिन्छ । फेस मास्क लगाएका उनीहरू शरीरलाई कालो प्लास्टिकमा बेर्छन् । त्यतिखेरै प्रहरीको गाडी आइपुग्छ । प्रहरी र उनीहरूबीच कुराकानी हुन्छ र उक्त स’मूहले कारमा ला’श फेरि हुल्छ । इक्वेडरका अधिकारीहरूले ग्वायाकिल शहरका निजी घरहरूबाट ३०० वटा ला’श संकलन गरेको राष्ट्रिय तथ्यांकले देखाउँछ ।ग्वायाकिल शहरमा २१ लाख मानिस बस्ने गरेको सीआईएको फ्या’क्टबूकमा देखिन्छ । source:esidhakura

Leave a Reply

Your email address will not be published.

Back to top button