अमेरिकन आइडलको टप २० मा छानिए दिवेश पोखरेल (भिडियोसहित)

काठमाडौं, २४ चैत । विश्वकै चर्चित रियालिटी शो अमेरिकन आइडलको टप २० मा नेपाली मुलका युवा दिवेश पोखरेल अटेका छन्। अडिशनको सुरुरवाती चरणबाटै उत्कृष्ट प्रस्तुति दिँदै आएका दिवेशले करोडौं दर्शकका साथै आफ्ना जजहरुको मन जित्दै आइडलको उत्कृष्ट २० मा पर्दा अत्यान्तै खुखि भएको प्रतिकृया दिएका छन् ।



आफू टप २० मा परेको घोषणा हुँदै गर्दा प्रस्तुती हेर्न पुगेका आफ्नो परिवारसँग अङ्गालोमा बाँधिएका थिए । अमेरिकन आइडलले शनिबार टप २० को नाम सार्वजनिक गरेको थियो ।आइडलको १८ औं संस्करणमा सहाभागी उनले शनिबार बब मार्लीको ‘इज दिस लभ’ बोलको गीत गाएका थिए । दिवेशले आर्थर गनको नामबाट अमेरिकन आइडलमा प्रतिष्पर्धा गरिरहेका छन्। भिडियाे