चीन द्वारा अमेरिकालाई १ हजार थान भेन्टिलेटर सहयोग,


काठमाडौं, २३ चैत । पछिल्लो केही दिनयता कोरोना भाइरसको ईपिसेन्टर बनेको अमेरिकालाई चीनले स्वास्थ्य उपकरण सहयोग गरेको छ । चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरसको संक्रमणले अमेरिकामा भयावह स्थिती लिएपछि चीनले अमेरिकालाई १ हजार थान भेन्टिलेटर पठाएकाे बताइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार अमेरिकाको सबैभन्दा अधिक कोराना प्रभावित राज्य न्यूयोर्कका लागि चीनले उक्त स्वास्थ्य उपकरण पठाएको हो । चीनको यो सहयोग प्रति न्यूयोर्क राज्यका गभर्नरले हार्दिक आभार व्यक्त गरेका छन् । यद्यपि चीने पठाएको भेन्टिलेटर अमेरिका पुगिनसकेको बताइएको छ ।

कोरोना संक्रमितको संख्या अत्याधिक भएपछि न्यूयोर्क राज्यमा भेन्टिलेटरको अभाव सिर्जना भइरहेको छ । उता अमेरिकाको केन्द्र सरकाकरले पनि न्यूयोर्क राज्यमा आवाश्यक पर्ने सबै स्रोत साधन उपलब्ध गराइने जनाएको छ ।

अमेरिकामा हालसम्म सबैभन्दा धेरै ३ लाख ११ हजार ६३५ जना कोरोना संक्रमित फेला परेका छन् । जसमा ८ हजार ४५४ जनाको ज्यान गइसकेको छ । पछिल्ले अपडेट अनुसार यूयोर्क राज्यमा १ लाख १३ हजार भन्दा बढीमा कोरोना संक्रमण फेला परेको छ । जसमा ६ सय ३० को ज्यान गइसकेको छ ।न्युज २४ नेपाल बाट साभार

Leave a Reply

Your email address will not be published.

Back to top button